काठमाडौं । नबिल इन्भेष्टमेन्टले कार्तिक २३ गतेबाट ७५ करोड बराबरको खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाई बिक्रि खुला गरेको छ । नबिल इन्भेष्टमेन्टले यसको नाम नबिल फ्लेक्सी क्याप फण्ड राखेको छ ।
७५ करोडको नबिल फ्लेक्सी क्याप फण्ड सर्वसाधरण, कोष प्रर्वदक र व्यवस्थापक बिच छुट्याइएको छ । अहिले ७५ करोड रुपैयाँ बराबरको ७ करोड ५० लाख इकाई निष्काशन गर्न लागेको हो। जस मध्ये सर्वसाधरणलाई ६ करोड ३५ लाख ५० हजार इकाई छुट्याईएको छ । बाँकि रहेको इकाईहरु कोष प्रबर्दक नबिल बैंक र योजना ब्यबस्थापक नबिल इन्भेष्टमेन्टलाई भाग लगाइएको छ । सर्बसाधारणलाई छुट्याईएको ६ करोड ३५ लाख ५० हजार मध्ये मध्ये पहिलो चरणमा ५ करोड इकाई मात्र निष्काशन गर्न लागिएको हो । जसमा सर्वसाधरणले न्यूनतम १०० कित्ता र अधिकतम ७५ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
नेपाल धितोपत्र बोर्डले भदौ २७ गते अनुमति दिएको फण्डमा आवेदन समय कार्तिक २७ गतेसम्म छ र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा मङ्सिर ७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।
खुलामुखी योजना भएको हुनाले बिक्रीको कुनै भंmझत हुँदैन । यो योजना ब्यबस्थापकलाई आफुले चाहेको जुनसुकै बेलामा इकाई बिक्रि गर्न सकिने छ । बन्दमुखी योजनाको इकाई बिक्रि गर्दा खरिदकर्ता आवश्यक पर्छ र खरिदकर्ता नहुँदा इकाई बिक्रि नहुन पनि सक्छ । तर खुलामुखीको हकमा भने योजना ब्यबस्थापकले नै इकाई खरिद गर्ने हुँदा बिक्रि गर्न नपाइने समस्या हुदैन ।
हालसम्म नेपालमा ५ वटा खुलामुखी म्युचुअल फण्ड योजना संचालनमा छन् । यो बजारमा आउने छैठौ खुलामुखी म्युचुअल फण्ड योजना हुने छ । हाल सिद्धार्थ क्यापिटल, एनआईबिएल एस क्यापिटल, एनआईसी एसिया क्यापिटल , एनएमबि क्यापिटल र लक्ष्मी क्यापिटलले खुलामुखी म्युचुअल फण्ड योजना संचालन गरिरहेका छन्।