सिटिजन्स बैंकद्वारा च्याटबट सेवा ‘सिटिजन्स साथी’को सुरुवात

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेवाहरु डिजिटलाइज गर्ने क्रममा आफ्ना ग्राहकका लागि वेबसाइटमार्फत च्याटबट सेवा ‘सिटिजन्स साथी’को सुरुवात गरेको छ।

यो नवीनतम सेवामार्फत अब ग्राहकले कुनै पनि बैंकिङ सेवाहरुको अनुरोध सीधै च्याटबट सेवा ‘सिटिजन्स साथी’द्वारा गर्न सक्नेछन्। यसका साथै ग्राहकले बैंकिङ सेवासम्बन्धी जिज्ञासाहरुका लागि यस प्लेटफर्ममार्फत बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न सक्नेछन्।

यो सेवा ग्राहकमैत्री हुनुका साथै ग्राहकका लागि अझ सहज, सुरक्षित, सर्वसुलभ र विश्वासयोग्य हुने विश्वास बैंकले लिएको छ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८० वटा शाखा, १३३ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १४ लाख ९० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स