कामना सेवा विकास बैंकको १६ औं वार्षिकोत्सवका अवसरमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १६ औं वार्षिकोत्सवका अवसरमा आज देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ।

वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज देशैभरि छरिएर रहेका शाखाबाट सातै प्रदेशको ३५ स्थानमा बृहत रुपमा वित्तीय साक्षरता कार्यक्रमका सञ्चालन गरिएको बैंकले जनाएको छ।

देशव्यापी रुपमा सामाजिक कार्यक्रमहरु जस्तै– सरसफाइ तथा डस्टबिन वितरण कार्यक्रम, रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, वित्तीय साक्षरता कार्यक्रम र कर्पोरेट फुटसल (महिला÷पुरुष) का साथै जनचेतना सम्प्रेषणसम्बन्धी अन्य विभिन्न कार्यक्रम आयोजना गरिने बैंकले जनाएको छ।

‘सम्पूर्ण ग्राहकमाझ पहिलो रोजाइको राष्ट्रियस्तरको विकास बैंक बन्ने दृढ संकल्पका साथ सुरु भएको हाम्रो यात्राको फलस्वरुप आजका मितिसम्म आइपुग्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी विकास बैंक बन्दै हामी १६ औं वार्षिकोत्सव मनाउन गइरहेका छौं’, बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यस क्रममा बैंकप्रति अनवरत रुपमा अगाध स्नेह एवं भरोसा दर्साइ सबैमाझ ‘प्रगतिका आधार कामना सेवासँग कारोबार’ बन्न अतुलनिय योगदान दिने समस्त ग्राहक, नियमनकारी निकाय, सेयरधनी, कर्मचारीलगायत सम्पूर्णप्रति बैंकले आभार प्रकट गरेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स