ग्लोबल आइएमई लघुवित्तको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ५८.१५ प्रतिशत घटेर २ करोड ६७ लाख रुपैयाँ मात्रै आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ६ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ५८ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ९ करोड १२ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकोमा समीक्षा अवधिमा घटेर ३ करोड ८३ लाख रुपैयाँ भएको छ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १३.८३ प्रतिशत घटेर १३ करोड ६८ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी १५ करोड ८७ लाख रुपैयाँ भएको थियो।

चुक्तापुँजी ५५ करोड २५ लाख रुपैयाँ संस्थाको रिजर्भको आकार ५.११ प्रतिशतले बढेर ५४ करोड ८२ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ५२ करोड १६ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा संस्थाले ३ अर्ब ५ करोड रुपैयाँ सापटी लिई ८ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब ३२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

पहिलो त्रैमासमा संस्थाको एनपीएल बढेर २.७३ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल २.५७ प्रतिशतमा सीमित थियो।

लघुवित्तको प्रतिसेयर आम्दानी ३९.७६ रुपैयाँले घटेर १९.३६ रुपैयाँमा सिमित भएको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ६०.१८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९९.२२ रुपैयाँ रहेको छ । लघुवित्तको खराब कर्जा २.७३ प्रतिशत र बेस रेट १३.२५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स