कुमारी बैंकको साधारणसभा आज, १२.५० प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं । कुमारी बैंकको साधारणसभा आज कार्तिक २१ गते सोमबार सुरु हँुदैछ । बैंकको साधारणसभा नक्साल स्थित आफ्नै कार्यालयमा साधारण सभा गर्न लागेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक बर्ष २०७८÷०७९ को वितरणयोग्य मुनाफाबाट कर सहित १२.५० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । बार्षिक साधारणसभाले स्वीकृत गरेपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ ।

हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३ सय २६ रुपैयाँ रहेको छ ।

हाल कुमारी बैंक र एनसीसी बैंक मर्जर प्रक्रियामा रहेका छन् । मर्जर प्रक्रियामा रहेको कारण बैंकको कारोबार रोक्का रहेको छ । बैंकले साधारणसभा प्रयोजनको लागि कार्तिक १४ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो। सो मिति भन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउने छन् ।

साधारणसभा सकिएपछि मर्जरमा जानका लागि बैंकले विशेष साधारणसभा गर्नेछ । त्यसपछि त्यो सभाले स्वीकृत दिएमा बैंक एनसीसी बैंकसँग मर्जर जान सक्नेछ ।

यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्ताव ।

साधारण प्रस्ताव

१. बाईसौं वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७८÷०७९ को वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७९ को वासलात, आ.व.२०७८÷०७९ को नाफानोक्सान हिसाव र सोहि अवधिको नगदप्रवाह विवरण, नाफानोक्सान बाँडफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध अनुसूचीहरू) उपर छलफल गरी पारित गर्ने ।

३. यस बैंकको सहायक कम्पनी कुमारी क्यापिटल लिमिटेडको आ.व.२०७८÷०७९ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गर्ने वारे ।

४. आ.व.२०७९÷०८० को लागि वाहृय लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने।

५. संचालक समितिले प्रस्ताव गरे बमोजिम कर प्रयोजन सहित चुक्ता पुँजीको १२.५०% (बाह दशमलव पाँच प्रतिशत नगद लाभाश वितरण गर्न स्वीकृति प्रदान गर्ने ।

विशेष प्रस्ताव

१. बैंकले आव २०७८÷०७९ मा संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐनको दफा १०५१)(ग) ले निर्धारण गरेको सीमा भन्दा बढी भएको खर्चलाई अनुमोदन गर्ने ।

२. यस बैंक तथा अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने। मर्जर) तथा प्राप्ति (एक्विजिशन) गर्न संचालक समितिबाट गठित मर्जर समिति तथा सो ले गरेको कार्य अनुमोदन हुन, नयाँ मर्जर समिति गठन गर्न, मर्जर तथा प्राप्तिको सन्दर्भमा डीडीए गर्नका लागि डीडीए कमिटी गठन गरी नियुक्ति गर्न, निजलाई भुक्तानी गर्न पारिश्रमिक तोक्ने लगायतका प्रकृया अबलम्बन गरी अन्य कुनै बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) गर्नको लागि संचालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रदान गर्ने ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स