एभरेष्ट बैंकको लाभांश घोषणा

काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम रहेको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ७३ लाख ४० हजार २ सय ९ रुपैयाँको १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश गरि कुल २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वकृति दिएपछि र बैंकको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स