जाल्पा सामुदायिक लघुवित्तको लाभांश घोषणा,बोनस र नगद कति ?

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तले लाभांश घोषणा गरेको छ । शनिबार बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको चुक्तापुँजी १६ करोड रुपैयाँको ७३ प्रतिशतले हुन आउने ११ करोड ६८ लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ३.८४२१ प्रतिशतले हुन आउने ६१ लाख ४७ हजार ३६८ रुपैयाँबराबरको नगद लाभांश गरि कुल ७६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

नेपाल राष्ट्र बैंकले स्वकृति दिएपछि र वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभाबाट स्वीकृत भएपह्चि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स