छिमेक लघुवित्तको नाफामा छलाङ, ईपीएस १० रुपैयाँले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा छिमेक लघुवित्त वित्तीय संस्थाले खुद नाफा ५३.७१ प्रतिशतले बढेर ३२ करोड ९१ लाख ८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २१ करोड ४१ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेकाले खुद नाफा बढ्न सहयोग पुगेको हो ।

खुद ब्याज आम्दानी ३८.६२ प्रतिशतले बढेर ७३ करोड ९९ लाख ८८ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ५२.७४ प्रतिशतले घटेर ३२ करोड ९१ लाख ८ हजार रुपैयाँ पुगेको छ ।

वितरणयोग्य नाफा २५ करोड ६७ लाख ४ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ९ रुपैयाँ ८४ पैसाले बढेर ५६ रुपैयाँ ६४ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २७० रुपैयाँ ३ पैसा छ । लघुवित्तको खराब कर्जा वाणिज्य बैंकको भन्दा पनि कम रहेको छ । कम्पनीको यस्तो कर्जा ०.८१ प्रतिशतमात्रै रहेको छ ।

लघुवित्तको सेयर क्यापिटल २७ प्रतिशतले बढेर २ अर्ब ३२ करोड ४१ लाख पुगेको छ । गत आर्थिक वर्षमा कम्पनी सेयर क्यापिटल १ अर्ब ८३ करोड रुपैयाँ थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स