११.११ अभियानको लागि नेपाल एसबिआई बैंक र दराज बीच सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रा.लि. बिच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा ५’६ प्रदान गर्ने सम्झौता भएको छ । यो योजना कार्तिक २४ गते, बिहिबारदेखि लागू हुनेछ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम र दराजको तर्फबाट विधुतीय भुक्तानी तथा साझेदार विभागका प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।

उक्त कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रमुख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख ब्यापर प्रवद्र्घन अधिकृत रितेश अर्याल, वरिष्ठ प्रबन्धक, प्रविन मुनि बज्राचार्य तथा दराजका पदाधिकारी को उपस्थिति थियो ।

नेपाल एसबिआई बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २५०० रूपैयाँ सम्मको ५’६ प्राप्त गर्न सक्नेछन् । उक्त ५’६ प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड इ-कमर्सको लागि सक्रिय गर्नु पर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स