लुम्बिनी विकास बैंकद्वारा बिदुर नगरपालिकालाई टिभी र डिशहोम सहयोग

काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिदुर नगरपालिकालाई टिभी र डिशहोम सहयोग गरेको छ ।

बैंकले नुवाकोटको बट्टार बसपार्कमा टिभी राख्नको लागी शाखा कार्यालय बट्टार मार्फत बिदुर नगरपालिका का नगर प्रमुख राजन लाल श्रेष्ठलाई ४३ इन्चको रंगिन टेलिभिजन एक थान र डिशहोम एक थान प्रदान गरेको हो ।

लुम्बिनी विकास बैंकको हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । बैंकले छिट्टै काठमाडौंको नेपालटार, ललितपुरको इमाडोल, भक्तपुरको कमलविनायक तथा ललितपुरको लेलेमा एक एक्सटेन्सन काउन्टर खोल्ने जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स