बैंकहरूले चर्को रूपमा ब्याजदर बढाएको भन्दै व्यवसायीहरू आन्दोलनमा

काठमाडौं । बैंकको बढ्दो ब्याजदर, प्रिमियर दरलगायतको विरुद्धमा उद्योगीव्यासायीहरु आन्दोलनमा उत्रिएका छन् । शुक्रबार माइतीघर मण्डलमा बैंकहरूले चर्को रूपमा ब्याजदर बढाएको भन्दै व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् ।

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको अगुवाइमा उद्योगी–व्यासायीहरुले बिहान ११ बजेदेखि १२ बजेसम्म माइतीघरमा शान्तिपूर्ण मौन विरोध गरेका हुन्।

ब्याज वृद्धि तथा अर्थतन्त्रलाई नकारात्मक असर पार्ने खालका गतिविधिहरुकोविरुद्ध राज्यलाई सचेत गराउन तथा नियामक निकायबाट उपयुक्त कदमहरु चाँडो सम्बोधन होस् भनी ध्यानाकर्षण गराउन विरोध कार्यक्रम आयोजना गरेको संघले जनाएको छ ।

संघका अध्यक्ष दिनेश श्रेष्ठले राष्ट्र बैंकले ब्याजदर बढाउन लिएको नीति गतल भएको बताए । यो नीतिले उद्योगी र व्यवसायीहरू धरासायी हुने उनको भनाइ छ ।

अहिलेको अर्थतन्त्रका अवस्थालाई देखाएर राष्ट्र बैंकले व्यवसायीहरूलाई व्यवसाय गर्न नसक्ने अवस्था बनाउँदा अर्थतन्त्रमा झन् जटिलता आउन सक्ने आन्दोलनमा उत्रिएका व्यवसायीहरूको भनाइ छ ।

बैंकहरूको ब्याजदर स्थिर हुनपर्ने उनीहरूको माग छ । उद्योगका लागि एक अंकमा बढी हुन नहुने र व्यापारमा एक÷दुई प्रतिशतमात्र थप गरी लगानी योग्य पुँजीको व्यवस्था गर्न पनि माग गरका छन् ।

बैंकहरूले सेवा शुल्क, कर्जा स्वीकृति शुल्क, एल्सी शुल्कमा भएको दोब्बर वृद्धिलाई गत वर्षकै जति लिन पाइने व्यवस्था गर्नुपर्ने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स