एनआईबिएल एस क्यापिटलको १० औं वार्षिक साधारण सभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

काठमाडौं । एनआईबिएल एस क्यापिटलको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शुक्रबार लाजिम्पाटस्थित क्यापिटलको रजिस्टर्ड कार्यालयमा सम्पन्न उक्त सभाले २० प्रतिशत लाभांश पारित गरेको छ ।

सभाले क्यापिटलको संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको २० प्रतिशतका दरले हुन आउने ५ करोड ४० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७९ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

साथै उक्त साधारण सभाले मर्जरको लागि बाटो खुला गर्नुको साथै संचालक समितिको भत्ता वृद्धि गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स