बैंकहरूको निष्क्रिय कर्जा बढ्यो, ११ बैंकको २ प्रतिशतमाथि, अन्यको कति ?

काठमाडौं । औसतमा वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा ०.६२ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको असारमसान्तसम्म वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा औसतमा १.१५ प्रतिशत थियो । चालु आर्थिक वर्षको असोजमसान्तसम्म यस्तो कर्जा बढेर १.७७ प्रतिशत पुगेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ वटा वाणिज्य बैंकको एनपीएल २ प्रतिशतभन्दा माथि रहेको छ भने १० वटा बैंकको एनपीएल १ र २ प्रतिशतकोबीचमा रहेको छ । एभरेष्ट, नेपाल एसबिआई बैंक एनआईसी एशिया बैंक स्टयाण्र्डड चार्टर्ड, सानिमा बैंकको एनपीएल १ प्रतिशतभनदा कम रहेको छ ।

यो अवधिमा सबैभन्दा बढी एनपीएल सनराइज बैंकको रहेको छ । सनराइज बैंकको एनपीएल १.५४ प्रतिशतले बढेर २.९४ प्रतिशत पुगेको बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख गरिएको छ । त्यसरी नै सिटिजन्स बैंकको खराब कर्जा बटेर २.८९ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको अन्तिमसम्म बैंकको यस्तो कर्जा १.८७ प्रतिशत थियो । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको एनपीएल पनि ०.४८ प्रतिशतले बढेर २.४८ प्रतिशत पुगेको छ ।

त्यसरी नै नेपाल क्रेडिट एण्ड कमर्शको एनपीएल २.४६ प्रतिशत, कृषि विकास बैंकको २.३८ प्रतिशत, नेपाल बैंकको २.३६ प्रतिशत, नबिल बैंक २.३३ प्रतिशत, हिमालयन बैंकको एनपीएल २.३१ प्रतिशत, सिद्धार्थ बैंकको एनपीएल २.१५ प्रतिशत, ग्लोबल बैंकको एनपीएल २.१० प्रतिशत रहेको छ ।

त्यस्तै एनएमबि बैंकको १.९०, सेन्चुरीको १.८८, प्राइम १.८० प्रतिशत रहेको छ भने लक्ष्मी बैंक १.७२ प्रतिशत, प्रभू बैंकको १.६८ प्रतिशत, मेगा १.६२, नेपाल इन्भेष्टमेन्ट बैंकको १.५७, सिभिल बैंकको १.४१ प्रतिशत माछापुच्छ्रे बैंकको १.३० प्रतिशत र कुमारी बैंक १.२८ प्रतिशत एनपीएल रहेको छ ।

खराब कर्जा भनेको के हो ?
खराब कर्जालाई नन पर्फमिङ लोन (एनपीएल) भनिन्छ । बैंक वित्तीय संस्थाले निश्चित समयका लागि ऋणीलाई दिइएको कर्जा समयमा उसुल गर्न सकेन भने त्यस्तो कर्जालाई खराब कर्जा भनिन्छ ।

बैंक तथा वित्तीय संस्थाले निश्चित समयमा भुक्तानी गर्ने सर्तमा ऋण उपलब्ध गराउँछन् । केही ऋणीले निर्धारित समयमा ऋण चुक्ता नगर्न पनि सक्छन् । कर्जा विस्तार गरेको मितिले ९० दिनपछि सम्म पनि बैंकले आफूले दिएको ऋण उठाउन नसकेमा उक्त ऋणलाई खराब कर्जामा गणना गरिन्छ । सम्भव भएसम्म यस्तो कर्जा ऋण लिँदा राखिएको धितो लिलाम गरेर उठाइन्छ ।

सर्वसाधारणबाट उठाएको निक्षेप विभिन्न क्षेत्रमा लगानी गरेर बैंकले नाफा आर्जन गर्ने गर्दछ । लगानी गरेको पैसा नै नउठ्दा बैंकको नाफामा गिरावट आउदा बैंकले नोक्सानी बेहोर्नुपर्ने हुनसक्छ । खराब कर्जा बढेर समस्याग्रस्त अवस्थामा पुगेको बैंकमा लगानी गर्नु जोखिम पूर्ण हुन्छ ।

खराब कर्जा ५ प्रतिशत भन्दा बढी भएको बैंक तथा वितिय संस्थाले मुनाफा आर्जन गरेपनि लाभांश वितरण गर्न सक्दैन । यसले ऋणको गुणस्तरीयतासँगै व्यवस्थापनको अवस्था पनि देखाउँछ । कराब कर्जा जति कम भयो, त्यति राम्रो मानिन्छ । त्यसैले खराब कर्जा कम भएको कम्पनी लगानीका लागि छनोट गर्नुपर्छ ।

कुन बैंकको एनपीएल कति ?

 Bank  Mid Oct 2022 Ashwin End 2079 Mid July 2022
Ashad End 2079
Mid Apr 2022
Chaitra End 2078
 Everest 0.33% 0.24% 0.26%
Nepal SBI 0.36% 0.15% 0.14%
NIC Asia 0.59% 0.49% 0.51%
Standard Chartered 0.77% 0.59% 0.36%
 Sanima 0.91% 0.35% 0.38%
Kumari 1.28% 0.96% 0.96%
Machhapuchchre 1.30% 0.84% 0.87%
Civil 1.41% 1.08% 0.99%
Nepal Investment 1.57% 1.47% 2.20%
Mega 1.62% 0.74% 0.72%
Prabhu 1.68% 1.20% 1.21%
Laxmi 1.72% 0.89% 1.08%
Prime 1.80% 1.40% 0.94%
Century 1.88% 1.59% 1.60%
NMB 1.90% 1.33% 1.46%
Global IME 2.10% 1.22% 1.45%
Siddhartha 2.15% 1.03% 1.12%
Himalayan 2.31% 0.77% 0.99%
Nabil 2.33% 1.54% 1.14%
Nepal Bank 2.36% 1.90% 2.06%
Agriculture Dev 2.38% 1.68% 2.32%
Bank of Kathmandu 2.46% 1.18% 1.45%
Nepal Credit & Commerce 2.46% 1.93% 1.52%
Rastriya Banijya Bank 2.48% 2.00% 3.07%
Citizens 2.89% 1.87% 1.72%
Sunrise 2.94% 1.40% 1.37%
Average 1.77% 1.15% 1.23%

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स