काठमाडौं । खल्ती डिजिटल वालेटले खल्तीबाट आफ्नो बैंक खातामा निःशुल्क रकम ट्रान्सफर गर्न सकिने सुविधा ल्याएको छ ।
यस सुविधा मार्फत ग्राहकहरुले आफ्नो खल्ती एकाउन्टबाट आफ्नो एक बैंक खाता सेभ गरी त्यसमा प्रत्येक अंग्रेजी महिनाको अधिकतम ५ पटक वा ५००० र दैनिक ३ पटक वा ५ हजारसम्मको रकम निःशुल्क ट्रान्सफर गर्न सक्नेछन् ।
त्यसैगरी खल्तीबाट खल्तीमा उपलब्ध कुनै पनि बैंकमा रकम ट्रान्सफर गर्ने जोकोहिले ५० प्रतिशतसम्मको क्यासब्याक पाउनेछन् ।