काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८५ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६४२.२५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ११ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण बैंकको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १४२.६९ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ९०.३१ प्रतिशत घटेको छ । इम्पेरमेन्ट चार्ज ७ लाख ३१ हजार रुपैयाँ रिभर्स भएसँगै सञ्चालन मुनाफा ६४२.२४ प्रतिशत बढेको छ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी अर्थात ईपीएस ५ रुपैयाँ ७३ पैसा बढेर ६ रुपैयाँ ८६ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५१.०५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ३४९ रुपैयाँ ४७ पैसा रहेको छ ।
चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकको चुक्ता पुँजी स्थिर रहेको छ भने जगेडा कोष ४.४९ प्रतिशत बढेको छ । बैंकको निक्षेप ३६.५६ प्रतिशत बढेको छ भने कर्जा ०.८१ प्रतिशत बढेको छ ।