१७ बैंकको ईपीएस घट्यो, एनआईसी एशियाको प्रतिसेयर आम्दानी सबैभन्दा बढी (कुन बैंकको ईपीएस कति)

काठमाडौं । २६ वटै वाणिज्य बैंकलाई प्रतिसेयर आम्दानी (ईपीएस) मा एनआईसी एशिया बैंकले उछिनेको छ । १७ बैंकको ईपीएस घट्दा पनि एनआईसी एशियाको प्रतिसेयर आम्दानी भने राम्रो देखिएको छ । एनआईसी बैंकको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै अर्थात् ५९ रुपैयाँ ६२ पैसा रहेको छ । यसको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ९७ पैसाले बढेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा एनआईसी एशिया बैंकको प्रतिसेयर आम्दानी ३९.६५ पैसा थियो ।

एभरेष्ट बैंकको ३६ रुपैयाँ ५८ पैसा, राष्ट्रिय वाणिज्य बैंकको ३५ रुपैयाँ ७७ पैसा, स्टयाण्डर्ड चार्टर्ड बैंकको ३४ रुपैयाँ ४२ पैसा रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रतिसेयर आम्दानी बढाउने बैंकहरूमा एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड, कुमारी, नेपाल एसबिआई, सिभिल, नेपाल इन्भेष्टमेन्ट बैंक, सेन्चुरी बैंकको ईपीएस बढेको छ भने अन्य सबै बैंकको ईपीएस घटेको छ ।
सबै भन्दा कम सनराइज बैंकको १ रुपैयाँ ६४ पैसा रहेको छ । बैंकको गत आर्थिक वर्षको पहिलो त्रैमासमा १८.१६ रुपैयाँ ईपीएस रहेको थियो । यो त्रैमासमा बैंकको ईपीएस १६.५२ रुपैयाँले घटेको हो ।

मेगा बैंकको ईपीएस पनि १०.४७ रुपैयाँले घटेर १२.८४ रुपैयाँमा सीमित भएको छ । त्यसैगरी सिद्धार्थ बैंकको ईपीएस १८ रुपैयाँले घटेर १५.६१२ रुपैयाँमा खुम्चिएको छ । कृषि विकास बैंकको ईपीएस १०.४७ रुपैयाँले घटेको छ भने राष्ट्रिय वाणिज्य बैंकको ईपीएस ९.९८ रुपैयाँले घटेको छ ।

सिटिजन बैंकको ७.७४ रुपैयाँ, हिमालय बैंकको ७.१२ रुपैयाँ, प्राइम कमर्शियल बैंकको ५.५८ रुपैयाँ, नबिल बैंकको ५.१ रुपैयाँले ईपीएस घटेको छ । अन्य बैंकको ईपीएस भने ५ रुपैयाँभन्दा कमले घटेको बैंकहरूको वित्तीय वितरणमा उल्लेख गरिएको छ ।

के हो प्रतिसेयर आम्दानी र कसरी निकालिन्छ ?
करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । प्रतिसेयर आम्दानी भनेको सर्वसाधारण लगानीकर्तालाई दिने प्रतिफल को आधार हो । कम्पनीले अग्राधिकार सेयर जारी गरेको छ भने करपछिको नाफाबाट अग्राधिकार सेयरको लाभांश घटाएर बाँकी रहने नाफालाई साधारण सेयरको कुल संख्याले भाग गरेर प्रतिसेयर आम्दानी निकालिन्छ ।

यसले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभूत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ । प्रतिसेयर आम्दानीले कम्पनीले प्रत्येक सेयरबाट संकलित पुँजी परिचालन गरेर कमाएको नाफालाई वित्तीय तथ्यांकमा व्यक्त गर्दछ । अतः प्रतिसेयर आम्दानी कम्पनीको नाफा विश्लेषण गर्ने एउटा महत्वपूर्ण औजार पनि हो ।
कुन बैंकको ईपीएस कति ?

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स