मेगा बैंकको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । मेगा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ५० करोड ९१ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ४४.३३ प्रतिशतले कम हो । गत वर्षको यो अवधिमा बैंकले ९१ करोड ४६ लाख ८६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । गत वर्ष २९ करोड ३१ लाख ३२ हजार रुपैयाँ रिभर्समा रहेको इम्पेरिमेन्ट चार्ज यो वर्ष ४९ करोड ९८ लाख ७२ हजार रुपैयाँ पुगेको हो ।

यसअवधिसम्म सञ्चालन नाफा ४५.९९ प्रतिशतले घटेर ७० करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको योमा बैंकले १ अर्ब ३० करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो । सञ्चालन नाफा घटेकाले पनि खुद नाफा प्रभावित भएको हो । यता, खुद ब्याज आम्दानी भने १८.६० प्रतिशत ले बढेर १ अर्ब ७९ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ४ अर्ब ६१ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको चौथो त्रैमासमा कम्पनीको जगेडा कोषमा ४ अर्ब ६९ करोड १३ लाख रुपैयाँ जम्मा रहेको थियो । चुक्ता पुँजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजार रुपैयाँ छ ।

असोज मसान्तसम्म आइपुग्दा मेगा बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८४ पैसाले घटेर १२ रुपैयाँ ४ पैसा कायम भएको छ । गत वर्षको पहिलो त्रैमासमा यसको प्रतिसेयर आम्दानी २४ रुपैयाँ २४ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ८८ पैसा छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स