साउन महिनामा बैंक तथा वित्तीय संस्थाले कमाए ७ अर्बभन्दा बढी नाफा, बढी कमाउनेमा नबिल

काठमाडौं । गत साउन एक महिनामा नै ७ अर्ब १२ करोड ४० लाख रुपैयाँ नाफा गरेका छन् । गत आर्थिक वर्षको साउनमा बैंक तथा वित्तीय संस्थाले साउन महिनामात्रै ५ अर्ब ८९ करोड ६० लाख रुपैयाँ नाफा कमाएका थिए । बैंक तथा वित्तीय संस्थाले कमाएको नाफा गत आर्थिक वर्षको साउनको भन्दा १ अर्ब २२ करोड बढी नाफा कमाएका हुन् ।

गत साउनमा बैंक तथा वित्तीय संस्थाले कमाएको नाफामध्ये वाणिज्य बैंकहरुको हिस्सा भने ६ अर्ब ३१ करोड १० लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा अर्थात २०७७ साउनमा वाणिज्य बैंकहरूको यस्तो नाफा ५ अर्ब २२ करोड रुपैयाँ रहेको छ । राष्ट्र बैंकले तथ्यांक अनुसार साउन महिनामा वाणिज्य बैंकले ५ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएका हुन् । गत वर्षको तुलनामा यस वर्ष बैंकहरुको नाफा २०.७१ प्रतिशतले बढेको हो ।

साउन महिनामा १४ बैकले औषतभन्दा धेरै नाफा कमाएका छन भने बाँकी १२ बैंकले औषतभन्दा कम नाफा कमाएका छन् । साउन महिनामा २६ वाणिज्य बैंकले औषतमा २४ करोड २७ लाख रुपैयाँ नाफा कमाएका छन् । केहि बैंकले पहिलो महिना नै आधा अर्बभन्दा धेरै नाफा कमाइसकेका छन् ।

२०७८ साउनमा विकास बैंकको नाफा भने ६४ अर्ब ९० करोड पुगेको छ । २०७७ साउनमा भने विकास बैंकहरूले १४ करोड १० लाख रुपैयाँमात्रै नाफा कमाएका थिए । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकहरुले ६३ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाएका थिए।

धेरै नाफा कमाउनेमा नबिल बैंक

चालु आर्थिक वर्षको पहिलो साउनमा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । नबिल बैंकले साउन १ महिनामा नै ६१ करोड रुपैयाँ नाफा कमाएको छ । यसैगरी ग्लोबल आइएमई बैंक पनि धेरै नाफा कमाउने बैंकको दोस्रो बनेको छ । बैंकले साउन १ महिनामा ४८ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

एनआइसी एशिया बैंकले ४१ करोड, सिद्धार्थ बैंकले ३२ करोड, प्राइम कमर्शियल बैंक र एनएमवि बैंकले ३०/३० करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले २९ करोड, एभरेष्ट र मेगा बैंकले २८/२८ करोड रुपैयाँ नाफा कमाएका छन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार साउन महिनामा प्रभु बैंकले २७ करोड नाफा कमाएको छ भने सानिमा बैंकले २६ करोड, कृषि विकास बैंकले, २६ करोड, कुमारी बैंकले २५ करोड, सिटिजन्स बैंकले २४ करोड, माछापुच्छ्रे बैंकले २२ करोड, लक्ष्मी बैंकले २१ करोड, सनराइज बैंकको १८ करोड नाफा कमाएका छन् ।

एनसीसी बैंकले १६ करोड स्ट्यान्डर्ड चार्टर्ड बैंकले १५ करोड, नेपाल बंगलादेश बैंकले १४ करोड, एसबिआई बैंकले १३ करोड, हिमालयन बैंकले १३ करोड, सिभिल बैंकले १० करोड, बैंक अफ काठमाण्डू ९ करोड, सेञ्चुरी कमर्शियल बैंक र राष्ट्रिय वाणिज्य बैंकले ७ करोड रुपैयाँ नाफा कमााएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स