कुमारी बैंकले साढे १२ प्रतिशत लाभांश पारित गर्न डाक्यो साधारणसभा

काठमाडौं । कुमारी बैंकको कात्तिक २१ गते २२ औं वार्षिक साधारण सभा बस्ने भएको छ । साधारणसभाले कम्पनीले प्रस्ताव गरेको १२.५० प्रतिशत नगद लाभांश पारित गर्नेछ । नेपाल क्रेडिट एण्ड कमर्श बैंकसँग मर्जरमा जान सहमति गरेको बैंकले गाभ्ने–गाभिने र प्राप्ति गर्न सञ्चालक समितिबाट गठित मर्जर समितिले गरेको प्रस्ताव पनि अनुमोदन गर्ने एजेन्डा रहेको छ ।

सभाले नयाँ मर्जर समिति गठन गर्ने, मर्जर तथा प्राप्तिका डीडीए नियुक्ति गर्नेलगाएत आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ । सभामा आर्थिक वर्ष २०७८÷७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १४ गते बुक क्लोज गर्ने भएको छ ।

हाल कुमारी बैंक र एनसीसी बैंक मर्जर प्रक्रियामा रहेकाले यसको कारोबार रोक्का रहेको छ । तसर्थ असोज १० गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स