काठमाडौं । कुमारी बैंकले जीवन बीमा सुविधा सहितकोे कुमारी जीवन बीमा मुद्दति निक्षेप योजना सार्वजनिक गरेको छ । नेपालमै पहिलो पटक यस्तो योजना सार्वजनिक गरेको हो । सो योजना अन्तर्गत बैंकले मुद्दति रकम बराबरको आवधिक जीवन बीमा सुविधा निःशुल्क प्रदान गर्ने छ । यस योजना अन्तर्गत ग्राहकहरूले मुद्दति रकमको २ देखि १० गुणा वृद्धि गर्नुका साथै जीवन बीमा मार्फत जोखिम व्यवस्थापन गर्ने अवसर प्राप्त गर्नसक्ने बैंकले जानकारी दिएको छ ।
यस योजनामा १८ देखि ५० वर्ष उमेर समूहका ग्राहकले न्यूनतम ५० हजारदेखि मुद्दति खाता खोल्न सक्नेछन् । सो योजना अन्तर्गत मुद्दति निक्षेपकर्ताले अधिकतम १ करोड रुपैयाँ सम्मको जीवन बीमा सुविधा प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरुले निक्षेप अवधि सम्मका लागि जिवन बीमा सुरक्षण प्राप्त गर्नका साथै सोहि अवधिमा मुद्दति रकममा दुई देखि १० गुणा सम्म प्राप्त गर्न सक्नेछन् । यस योजनाको बीमा प्रदायक कम्पनी महालक्ष्मी लाईफ इन्सुरेन्स कम्पनी रहेको छ ।
मुद्दति निक्षेप तथा जीवन बीमा दुबै सुरक्षित आर्थिक भविष्यको महत्वपूर्ण साधनका रुपमा मानिदै आएका छन् । कुमारी बैंकले पहिलो पटक यी दुई महत्वपूर्ण साधनहरूलाई एउटै योजनामा आवद्ध गरी आफ्ना ग्राहकहरू माझ प्रस्तुत गरेको छ ।