नेपाल एसबिआई बैंकको नाफा ६८ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । नेपाल एसबिआई बैंकले चालु आवको पहिलो त्रैमासमा ६२ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले कमाएको नाफा गत आवको सोही अवधिकोभन्दा ६८ प्रतिशत बढी हो । बैंकले गत आवको पहिलो त्रैमासमा ३७ करोड २९ लाख नाफा कमाएको थियो ।

चालु आवको पहिलो त्रैमासमा बैंकको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएको छ । सो कारण बैंकको नाफा पनि भारी बृद्धि भएको हो । गत आवमा कम्पनीको सञ्चालन नाफा ५३ करोड १९ लाख रहेकोमा चालु आवमा बढेर ८९ करोड ३४ लाख पुगको छ ।

बैंकले गत आवमा ८४ करोड ५४ लाख खुद ब्याज आम्दानी गरेकोमा चालु आवमा बढेर १ अर्ब २९ करोड पुगेको हो । त्यसैगरी कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिसेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा प्रतिसेयर आम्दानी १५ दशमलव १८ रहेकोमा चालु आवमा बढेर २५ दशमलव ५४ पुगेको छ । चालु आवमा कम्पनीको वितरणयोग्य नाफा १ अर्ब ६३ करोड रहेको छ ।

सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात १० दशमलव ६९ गुणा, तरलता अनुपात २५ दशमलव ६१ प्रतिशत र प्रतिसेयर नेटवर्थ १७९ दशमलव ५९ रहेको छ । कम्पनीको चुक्ता पुँजी ९ अर्ब ८२ करोड रहेको छ । चालू आवमा कम्पनीले जगेडामा ६ अर्ब १८ करोड र रिटेण्ड अर्निङमा १ अर्ब ६३ करोड सञ्चित गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स