कृषि विकास बैंकको खुद नाफा ५४.४८ प्रतिशतले घट्यो

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

बैंकले समीक्षा अवधिमा २२ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५४.४८ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले ४८ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब २७ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २ करोड ४५ लाख रुपैयाँमा सीमित थियो।

चुक्ता पुँजी १८ अर्ब ६२ करोड रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिसेयर आम्दानी १२.२५ रुपैयाँबाट घटेर ४.२३ रुपैयाँमा झरेको छ । यस्तै बैंकको जगेडा कोषको आकार ११ अर्ब ३७ करोड रुपैयाँबाट ७.३८ प्रतिशतले बढेर १२ अर्ब २१ करोड रुपैयाँ सञ्चित हुन पुगेको छ ।

यो त्रैमासमा बैंकले सञ्चालन मुनाफाबापत २४ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ६२ करोड ४८ रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा सञ्चालन मुनाफा ७६.५४ प्रतिशतले घटेको छ।

समीक्षा अवधिमा बैंकले ३ अर्ब ६५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी २ अर्ब ३० करोड रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी ६.२२ प्रतिशतले बढेको छ।

पहिलो त्रैमासमा बैंकले १ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले १ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स