नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा बढेर १ अर्बमाथि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा २३.४७५ ले बढेको हो । गत वर्षको यसैअवधिमा बैंकले ९२ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । बैंकको खुद ब्याज आम्दानी ६६.४९५ ले बढेर २ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले १ अर्ब २७ करोड रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी ६६.४९ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी ४.५१ प्रतिशत, कुल सञ्चालन आम्दानी ३१.८७ प्रतिशत र सञ्चालन मुनाफा २३.४७ प्रतिशत बढेसँगै खुद नाफा उल्लेख्य बढ्न पुगेको हो ।  इन्भेष्टमेन्टको जगेडा कोष समीक्षा अवधिमा ५.८६ प्रतिशत, निक्षेप ४.०६ प्रतिशत र कर्जा ७.०७ प्रतिशत बढेको छ ।

यसको सञ्चालन नाफा २३.४७५ ले बढेर १ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ १९ पैसाले बढेर २४ रुपैयाँ ९२ पैसा पुगेको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ७३ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ ३२ पैसा छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स