सेञ्चुरी कमर्सियल बैंकको खुद नाफा ३१ करोड ८५ लाख, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

बैंकले समीक्षा अवधिमा ३१ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवको सोही अवधिमा २७ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकको नाफा १६.९० प्रतिशतले बढेको हो ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४५२.३६ प्रतिशत बढेर ५४ करोड ७१ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ९ करोड ९० लाख रुपैयाँमा वितरणयोग्य मुनाफा थियो ।

पहिलो त्रैमासमा बैंकले ९५ अर्ब निक्षेप संकलन गरेर ८५ अर्ब कर्जा लगानी गरि एक अर्ब ७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको देखिन्छ । ९ अर्ब ५५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।

चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको वार्षिक प्रतिसेयर आम्दानी १२.०६ बाट बढेर १३.३४ रुपैयाँ कायम भएको छ । बैंकको जगेडा कोषको आकार १ अर्ब ७२ करोडबाट ३७.०४ प्रतिशतले बढेर २ अर्ब ३६ करोड रुपैयाँ पुग्दा प्रतिसेयर नेटवर्थ १३०.५२ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

हेडलाइन्स