एनएमबि बैंकको खुद नाफा १३.४३ प्रतिशतले घट्यो, खुद ब्याज आम्दानी ४४.४६ प्रतिशतले बढी

काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

बैंकले समीक्षा अवधिमा ९० करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १३.४३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ४४.४६ प्रतिशत बढेर २ अर्ब ५ करोड रुपैयाँ, सञ्चालन नाफामा १२.१२ प्रतिशत बढेर १ अर्ब २९ करोड रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा ३८७.११ प्रतिशत बढेर २ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।

पहिलो त्रैमासमा बैंकले १ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले १ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो।

चुक्तापुँजी १८ अर्ब ३६ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ६।५४ प्रतिशतले बढेर ६ अर्ब ८८ करोड रुपैयाँको भएको छ। अघिल्लो वर्ष ६ अर्ब ४६ करोड रुपैयाँ रहेको थियो।

बैंकको खराब कर्जाको अनुपात (एनपीएल) बढेर १.९० प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १.८५ प्रतिशत थियो। सीडी रेसियो ८६.९४ प्रतिशत रहेको बैंकको आधारदर १०.१५ प्रतिशत छ।

बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १९.६९ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ईपीएस २२.७५ रुपैयाँ रहेको थियो। पीई रेसयो ११.९३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५१.६० रुपैयाँ रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स