सिटिजन्स बैंकको वार्षिक साधारण सभा सम्पन्न, ९ प्रतिशत लाभांश पारित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १६ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकले आज शुक्रबार बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा सभा सम्पन्न गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट २०७९ आषाढ मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड ९७ हजार ४ हजार ६ रुपैयाँको ९ प्रतिशतका दरले हुन आउने १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६१ रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो ।

यससँगै सिटिजन्स बैंक आ.वं २०७८/७९ को लाभाशं पारित गर्ने पहिलो बैंक बनेको छ ।

यस्तै, सभाले बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ आषाढ मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आ.व. २०७८/७९ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरेको छ ।

साथै, सभाले साबिक सिर्जना फाइनान्सलाई प्राप्ति गरे पश्चात साविक पूँजी संरचना ५१-४९ परिबर्तन भई कायम भएको पूँजी संरचना ५१.०७-४८.९३(संथापक सेयरधनीहरुले धारण गरेको जम्मा सेयर साधारण सेयरधनीहरुले धारण गरेको जम्मा सेयर) बमोजिम प्रबन्धपत्रमा संसोधन गर्ने प्रस्ताव समेत साधारण सभाले पारित गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स