काठमाडौं । सिटिजन्स बैंक आजदेखि १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०६४ साल वैशाख ७ गतेदेखि नेपालको २० औं वाणिज्य बैंकको रुपमा कारोबार शुरु गरेको सिटिजन्स बैंक स्थापनाको १५ वर्ष पुरा गरी १६ औं वर्षको यात्रामा छ । बैंक आज सम्पन्न १५औं साधारणसभाले ९ प्रतिशत लाभांश पारित गरेको छ । सिटिजन्स बैंक आव २०७८÷७९ को लाभाशं पारित गर्ने पहिलो बैंक बनेको छ ।
सभाले गत आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट २०७९ आषाढ मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड ९७ हजार ४ हजार ६ रुपैयाँको ९ प्रतिशतका दरले हुन आउने १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६१ रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो ।
सेयरधनीलाई प्राथमिकतामा राखेर अघि बढेको यस बैंकले यो अवधिर्मा गुणस्तरीय सेवा प्रवाह गर्ने ‘नम्बर वान’ बैंकको रुपमा आफूलाई स्थापित गराएको छ । सेवाको गुणस्तरीय सेवा कै कारण सिटिजन्स बैंकले लगानीकर्तालाई पनि उचित प्रतिफल दिएको छ ।
लगानीकर्ताहरूलाई उचित प्रतिफल, ग्राहकलार्य गुणस्तरीय सेवा र कर्मचारीहरुलाई आफ्नोे करिअर प्रति निश्चिन्त बनाउने गरी बैंकले बाटो खनिसकेको छ ।
१५ वर्षअघिको लगानीलाई बैंकले १.८६ गुणाले वृद्धि गरेको छ । बैंक स्थापना हुँदा १०० रुपैयाँ लगानी गर्ने लगानीकर्ताको पैसा अहिले २ सय ८६ रुपैयाँ पुगेको छ ।
बैंक स्थापना भएर कारोबार सुरु गरेकोे दोस्रो वर्षदेखि नै लगानीकर्तालाई प्रतिफल दिन शुरु गरेको हो । १४ वर्षको अवधिमा सिटिजन्सले न्यूनतम ५.२६ प्रतिशतदेखि अधिकतम २१.०५ प्रतिशतसम्म गरी कुल १८६ प्रतिशत लाभांश वितरण गरेको छ । सो लाभांशमध्य १२० प्रतिशत बोनश र ५९ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।
बैंकले आर्थिक वर्ष २०६५/०६६ मा १० प्रतिशत बोनश, आव द्द०६६/६७ मा १२.६३ प्रतिशत बोनश, आव २०६७/६८ मा ५ प्रतिशत बोनश र ३ प्रतिशत नगद, आव २०६८/६९ मा ३.०८ प्रतिशत नगद, आव २०६९/७० मा १५ प्रतिशत नगद, आव २०७०/७१ मा १३ प्रतिशत बोनश र ५.९५ प्रतिशत नगद र आव २०७१/०७२ मा २० प्रतिशत बोनश र १.०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
लगानीकर्तालाई स्थापना कालदेखि कहिल्य निरास नबनाएको सिटिजन्स बैंक इन्टरनेशनले सरकारलाई गत आर्थिक वर्षमामात्रै पौने २ अर्ब राजस्व तिरेको छ ।