नेप्सेमा धौलागिरी लघुवित्तको सेयर सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा धौलागिरी लघुवित्तको सेयर सूचीकृत भएको छ। बिहीबार कम्पनीको १० लाख ३१ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको सेयर आउँदो आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १४८.६६ रुपैयाँदेखि ४४५.९८ रुपैयाँसम्मको रेन्ज तोकेको छ ।

कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर भोलि शुक्रबार सेयर कारोबार नहुने र पर्सि शनिबार परेकोले आइतबारबाट यो लघुवित्तको सेयर कारोबारमा आउनेछ।

नेप्सेले यो लघुवित्तलाई ‘डीएलबीएस’ कारोबार संकेत प्रदान गरेको छ।

आइतबारको स्पेसल पी ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको सेयर कारोबार हुने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स