सानिमा बैंकको पाटर्नरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्ससँग साझेदारी

काठमाडौं । सानिमा बैंकले पाटर्नरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफ)सँग साझेदारी गरेको छ। जसअनुसार बैंकले आफ्नो वित्तीय गतिविधिबाट भएको हरितगृह ग्यास उत्सर्जनको गणना, समीक्षा र लेखांकन गर्नेछ।

पीसीएएफ विश्वभर रहेका विभिन्न वित्तीय संस्थाले आफूले प्रवाह गर्ने ऋण र लगानीद्वारा उत्सर्जन हुने हरितगृह ग्यासको हार्मनाइज रुपमा लेखांकन, मूल्यांकन तथा डिस्क्लोजर गरी प्रकाशन गर्ने वित्तीय संस्थाहरुको सहकार्य हो। पीसीएएफमा विश्वभर ६ वटा महादेशका ३०० भन्दा बढी वित्तीय संस्थाकोे सहकार्य भइसकेको छ।

यसका साथै उत्तर अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एसिया प्रशान्तमा पनि तीव्र रुपमा विस्तार भइरहेको छ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले यस साझेदारीबाट सानिमा बैंकले प्रदान गरेका कर्जाका क्षेत्रहरुबाट उत्सर्जन हुने हरितगृह ग्यासको बैज्ञानिक तवरले मापन गर्ने हुनाले भविष्यमा दिगो वित्तीय गतिविधि गर्नका लागि टेवा पुर्याउने बताए।

सानिमा बैंकको सातै प्रदेशमा १२९ वटा कार्यालय र १२२ एटीएम सञ्चालनमा छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स