नेपाल राष्ट्र बैंकद्वारा कुमारी बैंकको लाभांश स्वीकृत

काठमाडौं । नेपाल राष्ट्र बैंकले कुमारी बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ। राष्ट्र बैंकले कुमारी बैंकको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण तथा बैंकले प्रस्ताव गरेको १२.५० प्रतिशत लाभांश स्वीकृत गरेको हो ।

बैंकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई चुक्तापुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ रुपैयाँको १२.५० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। बैंकले यसपालि बोनस सेयर वितरण गर्ने प्रस्ताव नगरिएको जनाएको छ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेसँगै बैंकलाई साधारणसभा बोलाउने बाटो खुलेको हो । बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३ सय २६ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स