काठमाडौं । एनसीसी बैंकले लाभांश घोषणा गरेको छ । शनिबार बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार बैंकले वितरण योग्य रकमबाट सेयरधनीहरुलाई हालको चुक्ता पूँजी ११अर्ब १३ करोडको ३.३६६३ प्रतिशतले हुन आउने ३७ करोड ५० लाख बराबरको बोनस सेयर र चुक्ता पूँजीको ७.६३३७ प्रतिशतले हुन आउने ८५ करोड ३ लाख ६४ हजार ५ सय ८२ रूपैयाँ नगद लाभांश गरि कुल ११.२९६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ।