बालबालिकालाई लक्षित गरी ल्याएको नबिल जेन अल्फा खाताले बालबालिकालाई के के सिकाउँछ ?

काठमाडौं । नबिल बैंकले १८ वर्षमुनिका बालबालिकालाई लक्षित गरी ‘नबिल जेन अल्फा’ नामक डिजिटल एपमा आधारित खाता सञ्चालनमा ल्याएको छ । बालबालिकामा वित्तीय साक्षरता अभिबृद्धि गर्ने उद्देश्यसहित नबिल बैंकले सो खाता सञ्चालनमा ल्याएको हो ।

१८ वर्षभन्दा मुनिका बालबालिका र उनीहरूका अभिभावकहरूलाई लक्षित गरि ल्याइएको उक्त खाता नेपालकै पहिलो बालबालिकालाई बचतको महत्व सिकाउने डिजिटल एपमा आधारित छ ।

यो एपले बालबालिकालाई वित्तीय अनुसाशन पालन गर्न सिकाउनेदेखि बचत गर्ने बानी सिकाउने, मेहनत र लगनशिलता अभिबृद्धितर्फ उत्प्रेरित गर्ने, आत्मनिर्भर बन्न सिकाउने यो खाताले बालबालिका र अभिभावकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले बताए ।

‘यो योजनाअन्तर्गत नबिल बैंकमा खाता भएका तथा नयाँ खाता खोल्ने ग्राहकको अभिभावकको खाताबाट तोकिएको रकम स्वचालित रुपमा बालबालिकाको खातामा जाने, बालबालिको खातामा जम्मा भएको रकम क्युमिलेटिभ मुद्दती खानामा जम्मा गर्न सकिने छ,’ उनले भने ‘बालबालिकालाई नबिल जेन अल्फा मोबाइल एपको माध्यमबाट काम र लक्ष्य एकीन गरी जिम्मेवारी दिन सकिने अर्थात काम सम्पन्न तथा लक्ष्य प्राप्ती पछि पुरस्कृत गर्न सकिने छ ।’

बालबालिको नबिल जेन अल्फा खातामा ३० हजारभन्दा बढी रकम जम्मा भएको खण्डमा स्वचालित रुपमा उक्त खातामा १० हजार रुपैयाँ न्यूनतम मौज्दात राखि बाँकी रकम बालबालिको क्युमिलेटिभ रुपमा मुद्दती खातामा जम्मा हुनेछ । नबिलले केहि दिन अघि सार्वजनिक गरेको नबिल जेन अल्फा खातामा आफूसँग बचत खातामा भएको रकमलाई मुद्दती निक्षेपमा थप्दै जान सकिन्छ । उक्त खाताबाट उच्च ब्याज प्रतिफल पनि पाउन सकिने बैंकले बताएको छ ।

नबिल जेन अल्फा बचत खाताबाट बालबालिकाहरूलाई आफ्नो पढाइका साथसाथै दैनिक जीवनमा अति आवश्यक पर्ने कामकाज, पारिवारिक संस्कार तथा आफ्नो जिम्मेवारी बोधका साथै त्यस तर्फ उत्पे्ररित गराउनका लागि विशेष भूमिका निभाउनेछ भन्नेमा नबिल बैंकले विश्वास लिएको छ ।

नेपाली रुपैयाँमा खोलिने नबिल जेन अल्फा बचत खातामा १८ वर्ष सम्मका बालबालिकाहरू सहभागी हुन सक्नेछन् । नबिल जेन अल्फा मोबाइल एप, प्ले स्टोर तथा एप्पल स्टोेरबाट डाउन लोड गर्न सकिनेछ । यो खाता तथा नबिल जेन अल्फा एपको प्रयोग सम्बन्धी थप जानकारीका लागि नबिल बैकको वेबसाइट अथवा नबिल बैकको कष्टुमर केयर तथा नजिकको शाखाबाट सजिलै प्राप्त गर्न सकिन्छ । जेन अल्फाको ब्राण्ड एम्बासडरमा बैंकले प्रेन्सा रेग्मीलाई तोकेको छ ।

के हो नबिल जेन अल्फा मोबाइल एप ?
यो नबिल जेन अल्फा खाताको लागि बनाइएको एप हो । यो एप अभिभावक तथा बालबालिकाले आफ्नो मोबाइलमा डाउनलोड गरी सजिलैसँगै प्रयोग गर्न सकिने छ । नबिलले विकास गरेको यो एपबाट सबै आर्थिक कारोबार गर्ने सुविधा प्राप्त गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स