नेप्सेमा दुई लघुवित्तको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा समीट लघुवित्त र नेशनल माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का भएको छ । बुधबार दुई संस्थाबीच एक आपसमा मर्जमा जाने सम्झौता भएसँगै नेप्सेमा दुवै कम्पनीको कारोबार रोक्का भएको हो ।

समीट लघुवित्त वित्तीय संस्थाको मर्जर स्वाप अनुपात ८२ (अर्थात समीट लघुवित्तको १०० कित्ता सेयर बराबर नेशनल माइक्रोफाइनान्स लघुवित्तको ८२ कित्ता) कायम हुने सहमति भएको छ। मर्जर पश्चात संस्थाको सञ्चालक समितिको अध्यक्षमा नेशनल माइक्रोफाइनान्सका अध्यक्ष केशवप्रसाद आचार्य र प्रमुुख कार्यकारी अधिकृतमा राम बहादुर यादव रहने सहमति भएको छ।

मर्जर पश्चातहुने संस्थाको नाम नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड हुने सहमति भएको छ । त्यसैगरी संस्थाको चुक्तापूँजी १ अर्ब भन्दा बढी कायम हुने, ग्राहक सदस्य संस्या २ लाख भन्दा बढी हुने, लगानीमा रहेको कर्जा रकम १७ अर्ब भन्दा बढी हुने र संस्थाको शाखा सञ्जाल देशको सातै प्रदेशको ७४ जिल्लाहरुमा विस्तार भर्इ कुल शाखा संख्या २०४ पुग्ने छ ।

समीट लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. १० मा रहेको छ । त्यस्तै नेशनल माइक्रोफाइनान्स लघुवित्तको केन्द्रीय कार्यलय धादिङ जिल्ला निलकञ्ठ नगरपालिका वडा नं. ३ मा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स