समीट लघुवित्त र नेशनल माइक्रोफाइनान्सबीच मर्जर सम्झौता, स्वाप रेसियो कति ?

काठमाडौं । समीट लघुवित्त र नेशनल माइक्रोफाइनान्स लघुवित्तबीच मर्जर सम्झौता भएको छ । बुधबार मर्जरमा जानको लागि दुवै लघुवित्तले एक आपसमा समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त समझदारी अनुसार समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर स्वाप अनुपात रु.८२ (अर्थात समीट लघुवित्त वित्तीय संस्थाको १०० कित्ता सेयर बराबर नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ८२ कित्ता) कायम हुने सहमति भएको छ। मर्जर पश्चात संस्थाको सञ्चालक समितिको अध्यक्षमा नेशनल माइक्रोफाइनान्सका अध्यक्ष केशवप्रसाद आचार्य र प्रमुुख कार्यकारी अधिकृतमा राम बहादुर यादव रहने सहमति भएको छ।

मर्जर पश्चातहुने संस्थाको नाम नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड हुने सहमति भएको छ । त्यसैगरी संस्थाको चुक्तापूँजी १ अर्ब भन्दा बढी कायम हुने, ग्राहक सदस्य संस्या २ लाख भन्दा बढी हुने, लगानीमा रहेको कर्जा रकम १७ अर्ब भन्दा बढी हुने र संस्थाको शाखा सञ्जाल देशको सातै प्रदेशको ७४ जिल्लाहरुमा विस्तार भर्इ कुल शाखा संख्या २०४ पुग्ने छ ।

समीट लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. १० मा रहेको छ । त्यस्तै नेशनल माइक्रोफाइनान्स लघुवित्तको केन्द्रीय कार्यलय धादिङ जिल्ला निलकञ्ठ नगरपालिका वडा नं। ३ मा रहेको छ ।

यी दुई स्नास्थाबीच मर्जर सम्झौता भएसँगै नेप्सेमा दुवै कम्पनीको सेयर कारोबार रोक्का हुने छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स