सहज बन्दै बैंक, २१ दिनमा २५ अर्बले बढ्यो निक्षेप

काठमाडौं । असोज महिना लागेपछि बैंकको निक्षेप बढेको छ । असोज १ देखि २१ गतेसम्म २५ अर्ब रुपैयाँले निक्षेप बढेको छ । भदौ ३१ गते ४४ खर्ब ८६ अर्ब रहेको वाणिज्य बैंकहरूको निक्षेप असोज २१ गते पुग्दा निक्षेप बढेर ४५ खर्ब ११ अर्ब पुगेको छ ।

असोज १ गतेदेखि ६ गतेसम्म २६ अर्बले बढेको निक्षेप असोज १४ गतेसम्म ७ अर्बले बढेको थियो । त्यति बेला कुल ३२ अर्बले बढेको निक्षेप असोज २१ गते आइपुग्दा फेरि ८ अर्बले घटेर ४५ खर्ब ११ अर्बमा खुम्चिएको हो ।

यो अवधिमा कर्जा प्रवाहमा भने झिनो सुधार भएको छ । भदौ ३१ गते ४१ खर्ब ९० अर्ब रुपैयाँ रहेको कर्जा प्रवाह असोज २१ गतेसम्म ३ अर्बले बढेर ४१ खर्ब ९३ अर्ब पुगेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स