नबिल इन्भेष्टमेन्टका दुई म्युचअल फण्डको लाभांश घोषणा

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले संचालन गरेका २ वटा सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा गरेका छन् । नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स फण्ड २ ले लाभांश घोषणा गरेका हुन् ।

नबिल इन्भेष्टमेन्ट बैंकिङको असोज २५ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

जस अनुसार नबिल म्युचअल फण्ड अन्तर्गतको योजना नबिल व्यालेन्स्ड फण्ड २ ले आर्थिक वर्ष २०७८/७९ को लागि योजनाको ईकाइधनीहरुलाई ७ प्रतिशत (कर सहित) का दरले हुन आउने रकम ७ करोड ८४ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको छ।

त्यस्तै नबिल म्युचअल फण्ड अन्तर्गतको योजना नबिल इक्वीटी फण्डले आर्थिक वर्ष २०७८/७९ को लागि योजनाको ईकाइधनीहरुलाई ५ प्रतिशत (कर सहित) का दरले हुन आउने ६ करोड २५ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।

लाभांश वितरण प्रयोजनको लागि दुवै योजनाले कार्तिक १८ गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेका छन्। कार्तिक १७ गतेसम्म कायाम इकाईधनीले मात्र उक्त लाभांश पाउँन सक्ने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स