सिभिल बैंकले बोलायो ५ वर्ष पुराना लाभांश लिन सेयर धनीलाई

काठमाडौं । सिभिलले बैंकले ५ वर्ष पुरानो नगद लाभांश सेयरधनीसँग भुक्तान गर्ने भएको छ । हिमालयन बैंकसँग मर्जरमा जान लागेको सिभिल बैंकले आफ्ना सेयर धनीलाई ५ वर्ष पुरानो लाभांश बुझिदिन आग्रह गरेको हो ।

कतिपय सेयरधनीले ५ वर्षअघिको नगद लाभांश लिन नआएपछि बैंकले सूचना जारी गरेरै लिन बोलाएको हो । बैंकले सेयर रजिष्ट्रारको कार्यालय सिभिल क्यापिटल, मार्केट सुन्धारा काठमाडौंमा ३० दिनभित्र सम्पर्क गरेर नगद लाभांश बुझ्न बैंकले अनुरोध गरेको हो ।

यता, तोकिएको समय भित्र नगद लाभांश लिन नगएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने बैंकले उल्लेख गरेको छ । नगद लाभांश लिन जाँदा सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र बोक्नुपर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स