सानिमा क्यापिटलले कात्तिक १६ गतेदेखि सानिमा ग्रोथ फण्ड निष्काशन गर्ने

काठमाडौं । सानिमा क्यापिटलले ‘सानिमा गर्थ फण्ड’ नामक सामुहिक लगानी कोष योजनाको इकाईहरु निष्काशन गर्ने भएको छ ।

क्यापिटलले कार्तिक १६ गतेदेखि सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सानिमा ग्रोथ फण्ड नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गर्न लागेको हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ दरको १२ करोड इकाईमध्ये न्यूनतम १ करोड ५६ लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १३ प्रतिशत इकाई कोष प्रबद्र्धक सानिमा बैंकलाई सुरक्षित गरिएको छ भने २ प्रतिशत अर्थात २४ लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ । लगानीकर्ताले बाँकी १० करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताहरुले आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको १ करोड २० लाख कित्ताको लागि दिन सकिने छ । छिटोमा कार्तिक २० गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा कार्तिक ३० गतेसम्ममा आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । यस म्युचुअल फण्डको अवधि ११ वर्ष रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था वा तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको ‘मेरो सेयर’बाट अनलाइन आवेदन पनि दिन सकिन्छ।

सानिमा क्यापिटलले हाल सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्ड संचालन गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स