काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
बैंकले संस्थापक सेयरधनी सेमराज शाक्यको नाममा रहेको ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो।
उक्त सेयर खरिद गर्न इच्छुक सेयरधनीहरुले सूचना प्रकाशित मितिले १५ दिन भित्र निवेदन दिन सक्नेछन् ।
इच्छुक व्यक्ति तथा संस्थाले आवश्यक कागज प्रमाण संलग्न गरी काठमाडौं बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन् ।