२ बैंकले लाभांश घोषणा गर्दा अन्य बैंक किन पछि, कुन बैंकको कस्तो छ लाभांश वितरण क्षमता ?

काठमाडौं । अन्य वर्षमा प्राय दशैं अघि नै लाभांश घोषणा गरिसक्ने बैंकहरूले यस वर्ष बैंक भने ढिला गरी लाभांश घोषणा गरेका छन् । असोज दोस्रो सातासम्म जम्मा २ वटा बैंकले मात्रै लाभांश घोषणा गरेका छन् । सञ्चालनमा रहेका २६ बैंकमध्य अझै २४ वटा बैंकले लाभांश घोषणा गर्न बाँकी रहेको छ । बैंकहरूले राष्ट्र बैंकमा पठाएको वित्तीय विवरणमा राष्ट्र बैंकले अध्ययन गर्दा सच्याउनु पर्ने सूचकहरू कमजोर देखिएका कारण सच्याएर विवरण पेश नगर्दा लाभांश वितरण गर्न नसकेका हुन् ।

दशैंअघिसम्म लाभांश घोषणा गर्ने दुई बैंकमध्य सिटिजन्स बैंक ९ प्रतिशत र कुमारी बैंकले कर सहित १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । गत आवमा सिटिजन्स बैंकले १ अर्ब ४२ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको थियो । सो अवधिमा बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड रुपैयाँ कायम हुँदा सेयरधनीलाई १०.०३ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता देखिएको थियो । यद्यपि बैंकले ९ प्रतिशत लाभांश घोषणा गरेको छ ।

सिटिजन्स बैंकले लाभांश प्रस्ताव स्वीकृत गरेको छ । बैंक सञ्चालक समितिको आज बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो । बैंकले सेयरधनीलाई आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट ९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। योसँगै सिटिजन्स बैंक लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आ.व २०७८/७९ को वितरण योग्य मुनाफाबाट २०७९ आषाढ मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको ९ प्रतिशतले हुने १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६१ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई प्रस्तावित लाभांश वितरण गरिने छ । कुमारी बैंकले लाभांश घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७८/७९ को वितरणयोग्य मुनाफाबाट कर सहित १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले स्वीकृत गरेपश्चात सेयरधनीहरुमा उक्त लाभांश वितरण हुनेछ ।

हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३ सय २६ रुपैयाँ रहेको छ । गत वर्ष बैंकको वितरण योग्य नाफा भने १ अर्ब ७७ करोड रुपैयाँ छ । सो अवधिमा बैंकको चुक्तापुँजी १४ अर्ब ७१ करोड रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले सेयरधनीलाई १२.०६ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता देखिएको थियो । बैंकले आफ्नो क्षमताभन्दा बढी लाभांश दिने प्रस्ताव राष्ट्र बैंकमा पठाएको छ ।

यस्तो छ अन्य बैंकको क्षमता
एभरेष्ट बैंकः हाल ९ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले गत आवको असार मसान्तसम्म ३ अर्ब ८९ करोड वितरण योग्य नाफा कमाएको छ । जसबाट बैंकले सेयरधनीलाई ४१।१५ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

नबिल बैंकः हाल २२ अर्ब ८३ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले गत आवको असार मसान्तसम्म ९ अर्ब १२ करोड वितरण योग्य नाफा कमाएको छ । जसबाट बैंकले सेयरधनीलाई ३९।९४ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

बैंकले गत असारमा नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरी बिजनेश कम्बाइन वापत प्राप्त ५ अर्ब ७४ करोड रुपैयाँ रिजर्भको पैसा वितरण योग्य नाफामा गणना गरेपछि लगानीकर्तालाई बढी लाभांश क्षमता राख्ने दोस्रो बैंक बनेको हो ।

कृषि विकास बैंकः सो अवधिमा बैंकको ३ अर्ब ९० करोड रुपैयाँ वितरण योग्य नाफा रहेको छ । बैंकको चुक्ता पुँजी १३ अर्ब १८ करोड रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले लगानीकर्तालाई २९।६३ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

हिमालयन बैंकः सो अवधिमा बैंकको वितरण योग्य नाफा भने २ अर्ब ६६ करोड रुपैयाँ छ । हाल चुक्तापुँजी १२ अर्ब ९६ करोड रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले सेयरधनीलाई २०।५२ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ ।

राष्ट्रिय वाणिज्य बैंकः सो अवधिमा बैंकको वितरण योग्य नाफा भने ३ अर्ब ३ करोड रुपैयाँ छ । हाल चुक्ता पुँजी १४ अर्ब ९४ करोड रुपैयाँ कायम रहेको बैंकले गत आवको नाफाबाट लगानीकर्तालाई २०।३० प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

एनआईसी एशिया बैंकः सो अवधिमा ११ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले गत आवमा २ अर्ब २४ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । जसबाट बैंकले सेयरधनीलाई १९।४३ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।

स्ट्याण्डर्ड चार्डर्ट बैंकः सो अवधिमा ८ अर्ब ५७ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले गत आवमा १ अर्ब ५९ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । जसबाट बैंकले १८।५९ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

सिद्धार्थ बैंकः सो अवधिमा १२ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले गत आवमा १ अर्ब २१ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । जसबाट बैंकले १६।८२ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

नेपाल एसबिआई बैंकः हाल चुक्ता पुँजी ९ अर्ब ४९ करोड रुपैयाँ कायम छ । बैंकले गत आवमा आर्जित १ अर्ब ४४ करोड रुपैयाँ वितरण योग्य नाफाबाट सेयरधनीलाई १५।२६ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ ।

प्राइम बैंकः गत आवमा बैंकले २ अर्ब ३४ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी १६ अर्ब ८ करोड रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले सेयरधनीलाई १४।५९ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

ग्लोबल आईएमई बैंकः हाल २३ अर्ब ७९ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले गत आवमा ३ अर्ब १९ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । जसबाट बैंकले सेयरधनीलाई १३।४५ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ ।
एनसीसी बैंकः गत आवमा बैंकले १ अर्ब ४७ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले सेयरधनीलाई १३।२४ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

एनएमबि बैंकः सो अवधिमा बैंकको २ अर्ब ३९ करोड रुपैयाँ वितरण योग्य नाफा रहेको छ । बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले लगानीकर्तालाई १३।०३ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।
सानिमा बैंकः बैंकको चुक्ता पुँजी ११ अर्ब ३२ करोड रुपैयाँ कायम छ । बैंकले गत आवमा १ अर्ब ४६ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गर्दा सेयरधनीलाई १२।९८ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ ।

माछापुच्छ्रे बैंकः गत आवको असार मसान्तसम्म बैंकको चुक्ता पुँजी १० अर्ब २५ करोड रुपैयाँ कायम छ । सो अवधिमा बैंकले १ अर्ब ३२ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको हुँदा सेयरधनीलाई १२।९५ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

बैंक अफ काठमाण्डूः सो अवधिमा बैंकको वितरण योग्य नाफा भने १ अर्ब ३० करोड रुपैयाँ छ । हाल १० अर्ब ६२ करोड रुपैयाँ चुक्ता पुँजी कायम बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १२/२५ प्रतिशत लाभांश वितरण गर्नसक्ने देखिन्छ ।

मेगा बैंकः सो अवधिमा बैंकको वितरण योग्य नाफा भने १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । हाल १४ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी कायम बैंकले गत आवको नाफाबाट बैंकले लगानीकर्तालाई ११।१६ प्रतिशत लाभांश वितरण गर्न सक्ने सक्ने देखिन्छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकः गत आवको असार मसान्तसम्म बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ कायम छ । सो अवधिमा बैंकले २ अर्ब ३ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको हुँदा सेयरधनीलाई ११।१३ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

प्रभु बैंकः हालसम्म १२ अर्ब ७० करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले गत आवमा १ अर्ब ४१ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । गत आवको नाफाबाट बैंकले सेयरधनीलाई ११।१२ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।

सिभिल बैंकः बैंकले गत आवमा १ अर्ब रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । सो अवधिमा बैंकको मौज्दात चुक्ता पुँजी ९ अर्ब ७ करोड रुपैयाँ हुँदा बैंकले सेयरधनीलाई ११।०९ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ ।

लक्ष्मी बैंकः बैंकले गत आवमा १ अर्ब २५ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । सो अवधिमा बैंकको मौज्दात चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ हुँदा बैंकले सेयरधनीलाई १०।८७ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ ।

सेञ्चुरी बैंकः गत आवमा बैंकले ९१ करोड ११ लाख रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको थियो । सो अवधिमा बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ कायम हुँदा सेयरधनीलाई ९।५४ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

सनराइज बैंकः हाल १० अर्ब ११ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले गत आवमा २५ करोड ६१ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको हुँदा सेयरधनीलाई २।५३ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स