काठमाडौं । कामना सेवा विकास बैंक र पोखराको होटल जल महलबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौता अनुसार कामना सेवा विकास बैंकसँग आवद्ध सम्पूर्ण ग्राहकले पोखराको पार्दीस्थित होटलले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा २० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्नेछन् ।
बैंकसँग आवद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बताइएको छ ।