ग्लोबल आईएमई बैंकको २ वर्षमै दुई गुणा हुने योजना

काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकले २ वर्षमै २ गुणा रकम हुने मुद्दती योजना ल्याएको छ । बैंकले सार्वजनिक गरेको ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना’ अन्तर्गत ग्राहकको निरन्तर बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने उद्देश्य लिइएको छ । प्रारम्भिक रकमको १० प्रतिशत त्रैमासिक रुपमा (अन्तिम त्रैमास बाहेक) जम्मा गर्दा प्रारम्भिक रकमको दुई गुणा दुई वर्षमै प्राप्त गर्न सकिने छ ।

यस योजनामा सहभागिताको लागि न्यूनतम मौज्दात १० हजार रुपैयाँ राख्नु पर्नेछ । कुनै ग्राहकले १ लाख रुपैयाँ रकम राखी ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना’ अन्तर्गत खाता खोल्दा हरेक ३ महिनामा १० हजारको दरले ७ पटकसम्म रकम थप्दै जानुपर्नेछ । यसरी रकम थप्दा २ वर्षको अवधिमा उक्त रकम दुई गुणा हुनेछ । अन्तिम त्रैमासमा भने रकम थप्न पाइने छैन । मुद्दती निक्षेपको अवधि सकिएपछि ग्राहकले २ गुणा रकम प्राप्त गर्नेछ ।

यस योजनाले साना व्यवसाय गर्ने, नोकरी एवम् निश्चित आय भएकाहरूलाई निरन्तर बचत गर्ने बानी प्रोत्साहन गर्न उपयुक्त देखिएको छ ।

बैंकले २९० शाखा, २७३ एटिएम, २७५ शाखा रहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेकोे छ ।

बैंकले संयुक्त राज्य अमेरिका, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स