बढेको ब्याजदरको प्रभाव देखियो, १ सातामै २६ अर्बले बढ्यो निक्षेप

काठमाडौं । वाणिज्य बैंकहरूमा एक सातामा २६ अर्ब रुपैयाँले निक्षेप बढेको छ । वाणिज्य बैंकहरूले भदौ अन्तिमदेखि असोज ७ गतेसम्म सो निक्षेप बढाएका हुन् । असोज लागेपछि बैंकमा निक्षेप बढ्नुको मुख्य कारण भनेको बढ्दो ब्याजदर नै हो । बैंकहरूले गत फागुनदेखि ब्याजदर बढाएका थिएनन् । असोज लागेपछि बढाएका छन् । सोही कारणले बैंकमा निक्षेप पनि बढेको छ ।

असोज महिनामा बैंकहरूले निक्षेपको ब्याजदर १२.०३ प्रतिशत दिने निर्णय गरेका छन् । त्यसकारण बैंकहरुको निक्षेप बढ्दो क्रममा छ । बैंकले असोज महिनादेखि संस्थागत मुद्दती निक्षेपमा १०.०३ प्रतिशत र रेमिट्यान्स मुद्दती निक्षेपमा १३.०३ प्रतिशतसम्म ब्याजदर दिने गरी सूचना सार्वजनिक गरेका छन् ।

भदौको अन्तिम साता ४४ खर्ब ८६ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप असोजको पहिलो साता ७ गतेसम्म २६ अर्ब रुपैयाँले बढेर ४५ खर्ब १२ अर्ब रुपैयाँमा पुगेको तथ्यांक नेपाल बैंकर्ष संघले सार्वजनिक गरेको छ ।

त्यस्तै, कर्जा लगानीमा भने सामान्य वृद्धि भएको छ । यो अवधिमा बैंकहरुको कर्जा लगानी ४ अर्ब रुपैयाँले बढेको छ । भदौको अन्तिममा ४१ खर्ब ९० अर्ब रुपैयाँ रहेको कर्जा असोजको पहिलो साता ४ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको संघले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स