कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर सम्झौता, स्वाप रेसियो कति ?

काठमाडौं । कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर सम्झौता भएको छ । सोमबार दुई बैंकबीच मर्जर सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा कुमारी बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवाली र एनसीसीको तर्फबाट मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोलाले हस्ताक्षर गरेका छन्। दुई बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् ।

सम्झौता अनुसार मर्जरपछि बन्ने बैंकको नाम कुमारी बैंक रहने छ ।

त्यस्तै, मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल रहने छन्। अर्याल हाल एनसीसीका सीइओ छन्।

दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड पुग्ने देखिएको छ । दुई साताअगाडि मात्रै नेपाल राष्ट्र बैंकले एनसीसी र कुमारी बैंकलाई मर्जरमा जान निर्देशन दिएको थियो ।

गत आर्थिक वर्षको असार मसान्तसम्मको तथ्यांक अनुसार कुमारी बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ र एनसीसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकले ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेपछि कम पुँजी भएका बैंकहरुलाई मर्जरमा जान तीब्र दबाव परेको हो ।

एनसीसी बैंक झन्डै तीन वर्षदेखि राष्ट्र बैंकको नियन्त्रणमा छ । एनसीसी बैंकले यसअघि नै इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंकलाई गाभ्ने सम्झौता गरिसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स