काठमाडौं । सनराइज बैंकले स्थापनाको १५औं वर्ष पूरा गरेको छ । बैंकले १५औं वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु गर्ने क्रममा साइकल र्याली पनि सम्पन्न गरेको छ ।
‘स्वच्छ वातावरण स्वस्थ जिवन’ भन्ने नाराको साथ आयोजित उक्त कार्यक्रम गैरीधारा स्थित सनराइज बैंकको प्रधान कार्यालयबाट सुरु भई काठमाडौ र ललितपुरका विभिन्न टोल हुँदै पुनः प्रधान कार्यालयमै आएर समापन भएको थियो । उक्त र्यालीमा ३५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।
यसैगरी, सनराइज बैंकले रक्तदान कार्यक्रम समेत गरेको छ । विभिन्न सामाजिक तथा अन्य कार्यक्रमहरु गरी आफ्नो १५ औं वार्षिक उत्सव मनाइरहेको यस बैकले ८ लाखभन्दा बढी ग्राहकहरुलाई १३९ वटा शाखा, ९७ वटा शाखा रहित बैकिंङ, १३ वटा एक्सटेन्सन काउन्टर र १५९ वटा एटिएम वाट सेवा प्रधान गर्दै आएको छ ।