इसेवले ल्यायो ‘मेरो डिजिटल देश’ अभियान, डिजिटल माध्यमबाट नेपालमा पैसा पठाउँदा काठमाडौंमा घर जित्ने मौका

काठमाडौं । इसेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क कम गर्दै, थप रेमिट्यान्स भित्राएर देशलाई समुन्नत बनाउन( ‘मेरो डिजिटल देश’ अभियान ल्याएको छ।

एफ वन सफ्ट टावर पुल्चोक स्थित आफ्नै मुख्य कार्यालयमा सम्पन्न प्रेस कन्फेरेन्स मार्फत इसेवा मनी ट्रान्सफरले यस अभियानलाई सार्वजनिक गरेको हो ।
यो अभियान असोज ७ गतेबाट सुरु भएर फाल्गुन ६ गतेसम्म जारि रहने, कम्पनीले जनाएको छ ।

परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोवारलाई डिजिटाइजेसन गर्ने अभिप्रायका साथ यो अभियान सुरु गरिएको हो । साथै, यस योजना मार्फत डिजिटल रेमिट्यान्सलाई थप बढावा दिन देशको आर्थिक स्थिति बलियो बनाउन र देशमा विदेशी मुद्राको सञ्चितलाइ थप मजबुत बनाउन का लागि पनि ६ महिने यस योजना सार्वजनिक गरिएको, कम्पनीले जनाएको छ ।

‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत संसारका जुनै पनि मुलुकमा रहेका नेपालीहरुले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता अथवा ६० लाख भन्दा बढी प्रयोगकर्ता भएको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्ने छन् । साथै, विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत आएको नगद रेमिट्यान्स आफ्नो इसेवा वालेटमा प्राप्त गरेर यस योजनामा जोकोही ले पनि सहभागिता जनाउन सक्ने छन् ।

यस अभियानमा मासिक रुपमा १ जनाले ६ महिना सम्म आकर्षक पुरस्कारहरुको प्याकेज तथा बम्परमा १ जनाले काठमाडौंमा सुविधा सम्पन्न घर प्राप्त गर्ने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स