निफ्राको लाभांश घोषणा, कति दिदैंछ नगद लाभांश ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले लाभांश घोषणा गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको हो।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आ.व २०७८र७९ को वितरण योग्य मुनाफाबाट चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँको ४.२१०५ प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव गरेको छ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई प्रस्तावित लाभांश वितरण गरिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स