सिटिजन्स बैंकको लाभांश घोषणा, बन्यो लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक

काठमाडौं । सिटिजन्स बैंकले लाभांश प्रस्ताव स्वीकृत गरेको छ । बैंक सञ्चालक समितिको आज बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो । बैंकले सेयरधनीलाई आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। योसँगै सिटिजन्स बैंक लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आ.व २०७८/७९ को वितरण योग्य मुनाफाबाट २०७९ आषाढ मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको ९ प्रतिशतले हुने १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६१ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई प्रस्तावित लाभांश वितरण गरिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स