चर्को ब्याजदरको विषयमा रुष्ट भए अर्थमन्त्री, अर्को साता आवश्यक निर्णय लिने उदघोष

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा बैंकहरूले ब्याजदर बढाएको विषयमा रुष्ट भएका छन् । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले आयोजना गरेको नाडा ईभी एक्सपो उद्घाटनको क्रममा उनले बैंकहरुले अस्वभाविका ब्याज बढाउँदा त्यसको असर उत्पादनमूलक उद्योगमा परेको भन्दै बढेको ब्याजदरप्रति असन्तुष्टि जनाएका हुन् ।

बढाएको ब्याजदरको विषयमा आउँदो हप्ता नै आवश्यक निर्णय लिने छौं,’ उनले भने ‘‘बैंकमा पैसा राखेर १३ प्रतिशत, १४ प्रतिशत ब्याज आउने देशमा कसरी उद्योग र उत्पादनमा लगानी गर्न सकिन्छ?’ प्रश्न गर्दै अर्थमन्त्रीले भने, ‘यस्तो नीति ठिक भएन, परिवर्तन गर्नुपर्छ । अर्को हप्ता नै यसबारे मन्त्रालयमा बहस छ, छलफलमै आवश्यक निर्णय लिइन्छ ।’

ब्याजदरमा दशमलव पछिको ३ अंकले बैंकिङ बजारमा भित्रियो अस्वस्थ प्रतिस्पर्धा, इमेज नै बिग्रने चिन्ताः भुवन दाहाल

अर्थमन्त्री शर्माले बहसका लागि आफूले सचिवलाई निर्देशन दिइसकेको जानकारी गराउँदै यसबारे आगामी हप्ता नै निर्णय लिने दाबी गरे ।

उनले उत्पादनमूलक उद्योगलाई २ प्रतिशत सस्तो ब्याजमा कर्जा लगानी गर्नुपर्ने नीति पारित भइसकेको स्मरण पनि उनले सो अवसरमा गराए । जथाभावी ब्याजदर नबढाउन बैंकहरूलाई पनि उनले निर्देश गरे । पछिल्लो समय बैंकहरूले अस्वस्थ प्रतिस्पर्धा गरेर ब्याजदर वृद्धि गरिरहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स