अब नेप्सेको तथ्यांक प्रयोग गर्न पैसा तिर्नुपर्ने, सेबोनले स्वीकृत गर्यो तथ्यांक सम्बन्धी कार्यविधि

काठमाडौं । नेपाल स्टक एक्सचेन्जको तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि स्वीकृत भएको छ । नेपाल धितोपत्र बोर्डले सो कार्यविधि स्वीकृत गरेसँगै अब नेप्सेको तथ्यांक प्रयोग गर्नको लागि निश्चित पैसा तिर्नुपर्ने भएको छ । नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले नेप्सेको तथ्यांक प्रयोग गर्न निश्चित पैसा लिने गरी कार्यविधि बनाएको बताए ।

‘यदि सो कार्यविधि जस्ताको तस्तै पास भएको हो भने अब नेप्सेको तथ्यांक प्रयोगकर्ताले तथ्यांक प्रयोग गर्न निश्चित पैसा तिर्नुपर्छ,’ उनले भने ‘स्वदेशी तथा विदेशी मिडिया, इन्भेष्टर कम्पनी, डाटा भेन्डर तथा युनिभरसिटीलगायतका डाटा प्रयोग गरे वापत सो अवधिको आधारमा वा कुनै स्पेसिक तथ्यांक भए त्यसैको आधारमा नेप्सेलाई पैसा बुझाउनु पर्ने हुन्छ ।’

करिब २ वर्षअघि स्वदेशी तथा विदेशी मिडिया, इन्भेष्टर कम्पनी, डाटा भेन्डर तथा युनिभरसिटीलगायतका डाटा प्रयोगकर्तासँग निश्चित पैसा लिने गरी कार्यविधि बनाएर नेप्सेले आफ्नो साइटमा प्रकाशित गरेको थियो । तर, सेबोनले यसमा हस्तक्षेप गरेपछि २ वर्षदेखि थन्किएको सो कार्यविधि सबोन बोर्डले अस्ति मंगलबार पास गरेको हो ।

नेप्से बोर्डले यो कार्यविधि २ वर्ष अघि नै स्वीकृत गरेकोे थियो । स्वीकृत कार्यविधिमा टेकेर विभिन्न किसिमका डाटाको छुट्टा छुट्टै शुल्क निर्धारण गरी सूचना समेत प्रकाशित गरिसकेको थियो। तर उक्त समयमा बोर्डसँग परामर्श नगरी निर्णय गरेको भन्दै असन्तृष्टी जनाँउदै बोर्डले २ वर्ष ढिला गर्दै पारित गरेको हो ।

बोर्डले कार्यविधि स्वीकृत गरेसँगै नेपाल स्टक एक्सचेञ्जले अब तथ्यांक बिक्रि गर्न पाउने बाटो खुल्ला भएको छ । यस अघि कार्यविधि स्वीकृत नभएकै कारण नेपाल स्टक एक्सचेन्जले आफ्नो डाटा बिक्री गर्न पाएको थिएन । उक्त कार्यविधि स्वीकृत भए सँगै नेप्सेले आफ्नो कुनै पनि डाटा शुल्क लिएर जो कोहीलाई बिक्री गर्न सक्ने छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स